एक वर्षभरि स्कूल ब्याग निशुल्क

स्कूल ब्याग :
यदि मैले स्कूल ब्याग निशुल्क दिए भने प्राराम्भिक (प्राईमेरी लेबल) शिक्षा ग्रहण गरिरहेका विद्यार्थीहरुलाई नियमित विद्यालय आउन उत्प्रेरणा जाग्छ र बानी बस्छ होला भन्ने सकारात्मक विश्वासले ३७ औं जन्मदिनको अवसरदेखि सरकारी तथा सामुदायीक विद्यालयमा एक वर्षभरि मासिक एक थान स्कूल ब्याग निशुल्क प्रदान गर्ने योजना बनाएको हु । यस वर्ष इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, साबिको हाँसपोसा गाविस, तरहरामा रहेको श्री जनसहयोग माविलाई एक वर्षभरि स्कूल ब्याग निशुल्क उपलब्ध गराउने छु 
भाईबहिनीहरु नियमित स्कूल आएर शिक्षा ग्रहण गरुन भन्ने मनोकांक्ष बाहेक अरु कुनै स्वर्थ छैन । यो नवीन कल्पना (नयाँ सोच/योजना/सपना/संकल्प/आईडिया) मैले प्राराम्भ गरे संस्कार बनाउने जिम्मा तपाई सम्पूर्ण जिम्मेवार नागरिकको ।
आदरणीय एवं प्रिय दिदी कृष्णा गुरूङ, युकेबाट उपहार स्वरुप प्राप्त रकम मैले स्कूल ब्यागका लागि खर्चिएकोले यस स्कूल ब्यागको सौंजन्य मेरी कृष्णा दिदीबाट भएको हो भनि उद्घोष गर्दा अन्यथा नहोला । कृष्णा दिदीलाई कृतज्ञतासहित आभार ।

Comments