गोर्खा खबर ब्युरो । तरहरा
"सुन्दरीको मनमा बस्ने को होला ?", एक समय निक्कै चर्चित थियो यो गीत । यो गीत जस्तै अहिले सुनसरीको इटहरी उपमहानगरपालिका तरहरामा एउटा चर्चा चलिरहेको छ, अध्यक्ष सन्तोषको मनोनयनमा पर्ने को होला ?
यो खुलदुली र जिज्ञास निम्टाउन सक्ने एक मात्र पात्र भनेकै तरहरा जेसिजको २३औं शाखा अधिवेशनबाट बर्ष २०२१ का लागि चयन भएका शाखा अध्यक्ष सन्तोष रेग्मी मात्र हुन् ।
तरहरा जेसिजको मनोनयनमा पर्ने तिन सम्भावितः मनोनित पदाधिकारी को को हुनसक्छन् ? यस विषयमा केही दिनयता तरहरा जेसिजमा मात्र नभई जेसिज बाहिर पनि चासो र चर्चा भईरहदाँ गोर्खा खबरले पनि जनचासोको विषयलाई सम्बोधन गर्दै मनोनयनका प्रक्रिया कस्तो हुन्छ ? भन्ने प्रश्नसहित माघ १६ गते शुक्रबार हुने पदस्थपना तथा पुरुस्कार वितरण कार्यक्रम बारे रेग्मीसँग अडियो कुराकानी गरेको छ ।
शुरुमा औपचारिक रुपमा पदस्थापना कार्यक्रमभन्दा अगाडि मिडियामा बोल्न उपयुक्त नहुने धारणा राखेका रेग्मीले गोर्खा खबरको अनुरोधपछि भिडियोमा नभई अडियो रेकर्डमा बोल्न तयार भए । तर, बल्लतल्ल बोल्न राजी भएका रेग्मीले अत्यन्तै कुटिल भाषाको प्रयोग गर्दै तरहरा जेसिजको मनोनयनमा पर्ने तिन सम्भावितः मनोनित पदाधिकारी को को हुनेछन् ? भन्ने विषयमा आफुलाई मौन नै राखे ।
माघ १६ गते शुक्रबार हुने पदस्थपना तथा पुरुस्कार वितरण कार्यक्रममा मात्र रेग्मीले सस्पेन्स खोल्ने देखिन्छ । रेग्मीसँग गोर्खा खबरले गरेको अडियो कुराकानीको अशं यहाँ प्रस्तुत गरेका छौं ।
Comments
Post a Comment